Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि भेटिए पीडित :मिटर ब्याजी विरुद्ध ८ उजुरी

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु – सरकारले तोकेको मितिभित्र कपिलवस्तुमा मिटरब्याजबाट पीडित भएका ८ जनाले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । सरकारले गएको साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरू बाहिर आएका हुन् ।कपिलवस्तुको जिल्ला प्रशासन कार्यालयले पीडित कोही भएमा उजुरी दिन गरेको आवहान अनुसार उनीहरूले उजुरी दिएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले जानकारी दिनु भयो । उहाका अनुसार कपिलवस्तु नगरपालिकाबाट ३ जना, महाराजगंज नगरपालिकाबाट २ जना र शिवराज, कृष्णनगर यशोधराबाट १/१ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

भदौ ५ गतेपछि भने उजुरी लिएर कोही पनि नआएको उहाले बताउनु भयो । सरकारले डा.भीष्मकुमार भुसाल नेतृत्वको कार्यदल गठन गरेपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरूलाई उजुरी दिन आग्रह गरेअनुसार मिटरब्याजबाट पीडितले जिल्ला जिल्लामा उजुरी दिएका हुन् ।कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरी उपर छानबिन हुने प्रमुख जिल्ला अधिकारी मिश्राले बताउनु भयो ।

यस्तै सर्बसाधारण संग चर्को ब्याज असुल्ने मिटरब्याजी बिरुद्ध जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरीको ओइरो लागेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देही श्रोतका अनुसार रुपन्देहीका २८ सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गर्दै भदौ ५ गते भित्र मिटरब्याजीबाट पिडित भएको भए उजुरी दिनका लागि सार्वजनिक रुपमा आब्हान गरेको थियो। नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदलले मिटर ब्याजी बिरुद्ध कार्वाहीका लागि कार्यबिधी निर्माणको क्रममा रहेको छ।

मिटरब्याज पीडितले दिएको उजुरीबारे के कसरी अनुसन्धान तथा कारवाही अघि बढाउने भन्ने बिषयमा गृहमन्त्रालयबाट निर्देशन आई सकेपछि अन्य प्रक्रिया अगाडी बढाईने वताइएको छ । कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुनेछ मिश्राले भन्नु भयो। को कसका बिरुद्ध उजुरी परेको हो भन्ने खुलाउन नमिल्ने उहाले प्रष्टाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu