Connect with us
Kapilvast Forest

शिवराजमा १ वर्षमा १२ किलोमिटर सडक कालोपत्रे

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु– शिवराज नगरपालिकाले एक वर्षमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थीक वर्ष २०७८।०७९ मा ग्रामिण भेग बाट पुर्व पश्चिम राजमार्ग सँग जोड्ने गरि अधिकांश सडक कालोपत्रे भएका छन् । नगरले ३१ किलोमिटर सडक ग्राभेल गरेको छ भने डेढ किलोमिटर आरसिसि सडक निर्माण गरेको छ ।

नगर क्षेत्रमा डेढ किलोमिटर नया सडक निर्माण भएको प्राविधिक रामजि नेपालीले बताउनुभयो । उहाँको अनुसार ६ वटा मोटरेवाल पुल निर्माण भएका छन् । १६ वटा यात्रु प्रतिक्षालय निर्माण,९ वटा सामुदायिक भवन निर्माण,४ वटा स्वास्थ्य चौकी भवन निर्माण भएको जनाइएको छ ।

सडक निर्माणले नागरिकहरुलाई आवतजावत गर्न सहज भएको नगरप्रमुख अजय थापाले बताउनुभयो । नगरमा विगतमा पनि सडकहरु कालोपत्रे भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने थापाले बताउनुभयो ।

‘सडक निर्माण सगै गुणस्तरलाई प्राथमिकता दिनेछौ,सडक निर्माण भएपछि केहि वर्ष नभत्कियोस, थापाले भन्नुभयो, ‘नगरका कतिपय गाउँमा अझै पनि सडकको समस्या देखिएको छ, त्यसलाई समाधान गर्नतर्फ केन्द्रित छौ, ।’ मेयर थापाले विशनपुर,लालपुर,विरपुर लगायतका गाउँहरुको सडक निर्माण गरिने बताउनुभयो ।

शिवराज नगरवासिहरुको सहजताको लागि विगत ५ वर्षमा सडकलाई प्राथमिकता दिएर काम गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । सडक गुणस्तर हुनुपर्ने विषयमा आवाज उठिरहेकोले आफुले पनि निर्माण कम्पनि तथा प्राविधिकहरुलाई गुणस्तरमा ध्यान दिन आग्रह गरेको बताउनुभयो । शिवराजका प्रत्येक वडामा सडक कालोपत्रे भएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

सुरुका केहि वर्षहरु नगरको बजेटको ठुलो मात्रा सडकमा लगाएको धेरै सडकहरु कालोपत्रे तथा स्तरउन्नती भएको सापकोटाको दावी छ । शिवराज नगरपालिका वडा १ मा थारु संग्रालय, शिवराज ५ मा सभा हल, लाइब्रेरी लगायतका संरचनाहरु निर्माण भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu