Connect with us
Kapilvast Forest

सिट बाँडफाँट मिलाउन सत्तारुढ दलको बैठक बस्दै

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ- सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको औपचारिक प्रारूप तयार गर्न बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बस्ने तय भएको बैठक नेताहरूको व्यस्तताका कारण सारिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलबीच सिट सङ्ख्या बाँडफाँट गर्ने विषयमा औपचारिक निर्णय गर्नेगरी छलफल हुने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu