चन्द्रौटा उवा संघका नवनिर्वाचितलाई सपथ ग्रहण, ३ उपाध्यक्ष मनोनित
कपिलवस्तु चन्द्रौटा उद्योग वाणिज्य संघको चौथो अधिवेशन वाट निवाचित नया समितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य जम्सेर अलि मियाले नव निर्वाचित अध्यक्ष इश्वरी प्रसाद पाण्डेयलाई पदभार ग्रहण गराउनुभएको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष ईश्वारी प्रसाद पाण्डेयले व्यवसायी तथा उद्योगिहरुलाई स्थापित गर्दै बजारमा रहेका धेरै समस्यालाई समाधान गरिने बताउनुभयो । साना उद्योगिहरुलाई धेरै समस्या रहेकोले औद्योगिक ग्रामको रुपमा विकास गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष जम्सेर अलि मियाले नया नेतृत्वले कुशलतापूर्व व्यापारीहरुको हक हितको लागि काम गर्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघलाई व्यापारीहरुको साथ भएमा चन्द्रौटामा हरेक समस्यालाई समाधान गर्न सक्ने आधारहरु रहेको जिकिर गर्नुभयो ।
नेकपा एमालेको जगत पौडेल,काग्रेसका करम हसेन ,माओवादी केन्द्रका दिनेश पुन,एकिकृत समाजवादीका सरोज पौडेलले नया समितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
पदभार तथा सपथ ग्रहण पश्चात संघको कार्यसमितिको वैठकले तीन उपाध्यक्ष र एक सहसचिवलाई मनोनयन गरेको छ । उपाध्यक्षमा विरेन्द्र जयसवाल(विजय),सरोज पौडेल र विष्णु गुप्ता मनोनयन गरिएको अध्यक्ष ईश्वरी पाण्डेयले बताउनुभयो । त्यस्तै सहसचिवमा सन बहादुर सारुलाई मनोनयन गरिएको उहाँले बताउनुभयो ।