Connect with us
Kapilvast Forest

पूर्वएसएसपी थापालाई प्रदेशसभा सदस्य उम्मेदवार बनाउन सिफारिस

२०७९, १५ भाद्र बुधबारमा प्रकाशित

नेपाली कांग्रेसले पूर्वएसएसपी विक्रमसिंह थापालाई लुम्बिनी प्रदेशसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ । कांग्रेस संसदीय निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समिति बैठकले प्रदेशमा मंगलबार उनको नाम सिफारिस गरेको हो ।

प्रहरीमा नाम चलेका र अपराध अनुसन्धानमा अब्बल मानिएका उनले ३ वर्षअघि कांग्रेसमा प्रवेश गरेर राजनीति थालेका थिए । ‘पहाडको मान्छे, मधेसको मतले जित्छु,’ उनले भने, ‘अब पहाड र मधेस जोड्ने काम गर्छु ।’ पूर्वराष्ट्रसेवकका अनुभव र सीपले कांग्रेसलाई जनताको उत्कृष्ट माइलस्टोन बनाउने अभियानमा लाग्ने उनले बताए । त्यो अब आफूले गरेर देखाउने बेला आएको बताए ।

गुल्मीमा जन्मिएका थापा अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका-६, बनगाईमा बसोबास गर्दै आएका छन् । यसअघि उनी संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा थिए ।

त्यस्तै बैठकले संसदीय क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुरेन्द्रराज आचार्यको नाम सिफारिस गरेको छ । उनी कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्रीसमेत हुन् । प्रदेशमा समानुपातिकतर्फ मीना केसी र जवारलाल थारुको नाम सिफारिस गरिएको छ ।

प्रदेश क्षेत्रीय समितिले संसदीय क्षेत्रीय समितिलाई नाम सिफारिस गर्ने छ । संसदीय क्षेत्रीय समितिले जिल्लालाई र जिल्लाले प्रदेशलाई नाम सिफारिस गरेर पठाउने संसदीय क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu