Connect with us
Kapilvast Forest

‘भारतीयहरु नेपालीलाई छोरी दिन मान्दैनन्, हामी आएर राष्ट्र नै कब्जा गर्छन् भन्ने सोच्छौं’

२०७९, १६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरु नेपालीलाई छोरी दिन नै नमान्ने समस्या रहेको बताए।

‘अहिले भारतीयहरु नेपालमा बिहे गर्न खोजेकै छैनन्, समस्या यहाँ छ,’ खालिदले भने, ‘उनीहरुको भनाइ छ– तिमीकहाँ जागिर छैन । खेती छैन। समस्या नै समस्या छ । कुनै अवसर छैन । आफ्नो छोरी दिएर उसको भविष्य किन बिगार्ने ?’

‘समस्या यहाँ छ कि नेपालीलाई भारतीयहरुले आफ्नो चेलिबेटी दिन मानिरहेको छैन । हामीलाई के लागिरहेको छ भने करौंडौ संख्यामा नेपालमा आएर नेपाल कब्जा गरिहाल्छ । यस्तो अवस्था छैन,’ उनले थपे ।

धेरै नेपाली भारतमा बसेका छन् कि धेरै भारतीय नेपालमा बसेका छन् भन्ने संख्या निकाल्ने बित्तिकै सबै प्रष्ट हुनेसमेत उनको भनाइ छ । ‘झुठो राष्ट्रवादको कुरालाई लिएर हामीले यो अत्यन्त महत्वपूर्ण विषयलाई थाँती राखेका थियौं,’ खालिलले प्रश्न गर्दै भने, ‘अंगीकृत महिलालाई नागरिकता दिनु के नेपालमा नौंलो कुरा हो ? के पहिला दिएका छैनौं ?’ जवाफमा उनले भने, ‘पहिला पनि दिएका छौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu