Connect with us
Kapilvast Forest

प्रदीप गिरी दार्शनिक व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

२०७९, १६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरीलाई भर्सटायल, जिनियस नेताको रुपमासमेत सम्झना गर्नुभयो।

गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे हुनुहुन्थ्यो। उहाँमा सबै क्षेत्रको ज्ञान थियो। उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो।’’

प्रधानमन्त्री देउवाले गिरीको निधनले नेपाल र विश्वलाई अपूरणीय क्षति पुर्‍याएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘उहाँ विद्वान मानिस हो। नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन्। उहाँको निधनले हामीलाई अपूरणीय क्षति भएको छ। यसको पूर्ति हामी गर्न सक्दैनौँ।’’

प्रधानमन्त्री देउवाले स्व. गिरीका लेख पढ्नैपर्ने उल्लेख गर्नुभयो। लेखमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनुभयो। उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने उल्लेख गर्नुभयो।

‘‘उहाँले लेखेका लेख पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ। उहाँले छोडेर गएका चिन्तन हाम्रो पार्टीले अघि बढाउनुपर्छ। उहाँले लेखेको पुस्तक हाम्रो पार्टीले देशभर पठाउनेछ। उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu