Connect with us
Kapilvast Forest

आठ वर्षमा सकियो बुटवल–लुम्बिनी प्रसारण लाइन

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

बुटवल – बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको हो । यो आयोजनाको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम छ ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर लामो बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी यसअघि नै सञ्चालनमा ल्याएको छ ।

प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ । मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् । यो प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।

स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको पाण्डेले बताउनुभयो ।

आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रमा औद्योगिक र गार्हस्थ्य प्रयोगमा करिब ६० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । जब कि उद्योग क्षेत्रको मात्रै ९० मेगावाटको माग छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा दुई सय मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu