Connect with us
Kapilvast Forest

कर्मचारी युनियन कपिलवस्तुको स्थापना दिवसमा बालगृहलाई खाद्यान्न

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु-नेपाल निजामति कर्मचारी युनियन कपिलवस्तुले स्थापना दिवसको अवसरमा बालगहृका बेसाहरा बालकहरुलाई खाद्यान्न बाडेको छ । युनियनका प्रदेश सदस्य रामकृष्ण तेलीले १५ हजार बढी मूल्यका बिभिन्न खाद्या सामाग्रीहरु बालगृहका ब्यवस्थापक रामप्रसाद अर्यालाई हस्तान्तरण गरेका थिए ।

चिनी ५० केजी, चियापत्ती २ केजी, दाल १० केजी, नुन २० केजी, तरकारी ३५ केजी, तेल १० लिटर, ब्रस मन्जन साबुन लगातयका सामाग्री उपलब्ध गराइएइको हो । सो अवसरमा प्रदेश सदस्य तेलीले युनियनको स्थापना दिवसमा बेसाहारा बालकहरुलाई केही सहयोग गर्न पाएकोमा आफुहरुलाइ संतुष्टी मिलेको बताए ।

उनले आगामी दिनमा पनि सहयोग जारी रहने र बालगुहलाई सबैले सहयोग गर्नु पर्ने बताए । युनियनका जिल्ला अध्यक्ष झक बहादुर आलेको अध्यक्षता, सचिव नबिन खनालको संचालनमा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि निराजनराज लम्साल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका जिल्ला सचिव मणि प्रसाद गैरे धनिसरा बैजाली लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu