Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगरमा अवैध असुली, सरकार वेखबर

२०७९, २० भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भारतीय सवारी साधन माथि पुन अवैध असुली धन्धा चलेको छ । राजनितिकर्मीहरुको आडमा केहि व्यक्तिहरुले अवैध धन्दा चलाईरहेका छ । जसबाट स्थानीय सरकार समेत वेखबर छ । स्थानीय लालमुकुन्द श्रीवास्तव तथा केहि युवाहरु मिलेर नेपाल मजदुर राहत भलाई कोष प्रा।लि। दर्ता गरि विगत ३ महिना देखि भारतीय सवारी साधनहरु संग जर्बजस्ती रकम उठाइरहेको पीडित भारतीय सवारीचालकहरु बताउछन् ।

भारतबाट नेपालमा मालवाहक, खाद्यान्न, सीमेन्टका लागि आवश्यक कच्चा पर्दाथ, फलफुल लगायतका वस्तु ल्याउने भारतीय सवारी साधनबाट उक्त रकम असुल्ने गरेका छन् । एउटा साधनबाट १ दिनमा फर्कने भए २५० रुपैया र २ देखि ५ दिन भित्र फर्केमा ४५० रुपैया लिने गरेका छन् । उक्त कम्पनीको विधानमा नेपाली सवारी साधन र त्यसमा कार्यरत चालक, सहचालक तथा मजदुरको हकहित प्रर्बद्धनका लागि कोष स्थानपना गरि संचालन गरिने छ भन्ने उल्लेख छ ।

तर भारतीय सवारी साधनलाई उक्त भलाई कोषमा सहभागी गराउने वा के गर्ने भन्ने उल्लेख छैन । तर उनीहरुले हाकाहाकी प्रहरी प्रशासनकै अगाडी भारतीय नम्बरप्लेटका मालवाहक सवारी संग रकम असुल्दै आएका छन् । नेपाल भारत पारवाहन सन्धी अनुसार भारतीय साधनहरुलाई नेपाल सरकारले तोकेको सरकारी कर तथा जरिवाना दस्तुर बाहेक अन्य शुल्क तथा जरिवाना नलाग्ने प्रष्ट उल्लेख छ ।

तर स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयको समेत सहमति प्राप्त भएको भन्दै कम्पनीका संचालकहरुले जर्बजस्ती गाडी रोकेर रकम लिने र नदिएमा जान नदिने समेत गरेको स्थानीय चालक बन्टी सिंह बताउछन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भने यसबारे अनभिज्ञता प्रकट गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले यस अघि पनि जनगुनासो आएपछि उक्त काम रोक्न निर्देशन दिएर रोकेको र हाल कुन आधारले संचालन भयो यसबारे जानकारी लिने र त्यस्तो पाइए कारवाही गर्ने बताउनुभयो । प्रशासनले कुनै पनि स्विकृति नदिएको प्रजिअ मिश्राले जानकारी दिनुभयो ।

स्थानीयबासीहरुका अनुसार उक्त भलाईकोष कम्पनिको  नाममा दैनिक १ लाख भन्दा बढि अवैध रकम संकलन गरिरहेका छन् । सभार:प्रेसपाटी डटकम

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu