Connect with us
Kapilvast Forest

समानुपातिक सांसदमा महिला नेतृ रेग्मीको नाम सिफारिस

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलवस्तुको महिला नेत्रृ नैना रेग्मी लामिछानेको नाम समानुपातिक सांसद तर्फ सिफारिस भएको छ ।
कपिवलस्तुको क्षेत्र नं ३ (ख) बाट सामनुपातिक तर्फ प्रदेश सांसदको लागि रेग्मीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस क्षेत्र नं ३ (ख) को क्षेत्रीय समितिले जानएको छ ।

विगत लामो समय देखी नेपाली कांग्रेसमा लाग्नुभएको रेग्मीको नाम प्रदेश तर्फा समानुपातिक सांसद पदको रुपमा सिफारिस गरिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी रहनु भएको रेग्मी पार्टीको हरेक क्रियाकलापमा सक्रीय सहभागिता जनाउदै आउनु भएको छ ।

महिला नेत्रृ नैना रेग्मी लामिछाने २०७४ सालको स्थानिय तहको विर्नाचनमा जिल्लाको विजयनगर गाँउपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार भई झिनो मतले पराजित हुनुभएको थियो । महिलाहरुको हकअधिकारको क्षेत्रमा विभिन्न संघ संस्थामा आबद्ध भई काम गरिरहनु भएको महिला नेत्रृ नैना रेग्मी लामिछानेको नाम समानुपातिक तर्फ सिफारिस हुदाँ विजयनगरवासी खुसी भएका छन ।

पार्टीले मुल्यांकन गरी समानुपातिक तर्फ प्रदेश सांसदको रुपमा नाम समावेश गरेकोले महिला नेतृ रेग्मीले क्षेत्रीय समितिलाई धन्यबाद समेत दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu