Connect with us
Kapilvast Forest

नेपालीसहित सबै मातृभाषा राष्ट्रिय भाषा : अध्यक्ष अवस्थी

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश भएको छ। मंगलबार राष्ट्रपति कार्यालय भवन पुगेर आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्नुभएपछि गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै आयोगका अध्यक्ष अवस्थीले प्रतिवेदनमा नेपाली भाषासहित सबै मातृभाषा राष्ट्रिय भाषा भएको कुरालाई उल्लेख गरिएको जानकारी दिनुभयो। प्रदेशलाई सरकारी कामकाजको भाषा प्रयोग गर्न अयोगले ११ भाषा सिफारिस गरेको छ। यसरी सिफारिस भएका भाषालाई संघले पनि संघीय आवद्धता दिनुपर्ने र सम्मान गर्नुपर्नेमा उहाँको जोड छ।

संविधान र ऐनको आशय अनुसार स्थानीय तहले मातृ भाषामा शिक्षा दिन जाेड दिनुपर्नेमा बरु अंग्रेजी माध्यमको शिक्षालाई विस्तार गर्नेतर्फ क्रियाशील रहेको प्रतिवेदनमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu