Connect with us
Kapilvast Forest

कपिलवस्तुमा देखीयो चितुवा, जंगलमा नजान आग्रह

२०७९, २१ भाद्र मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेकोे चितुवा देखा परेको छ । जिल्लाको विजयनगर गाँउपालिका अन्तरगत पर्ने जवाबैराठको घना जंगलमा चितुवा देखा परेको हो । विजयनगरका स्थानिय नागरिकहरु जंगलमा जादाँ भाले जातको वयस्का चितुवा देखेको बताएका छन ।

डिभिजन वन कार्यालय ठाकुरापुरका फरेष्टर गणेश पुरीका अनुसार त्यस क्षेत्रमा चितुवा छ भन्ने गरेको सुनिएको थियो तर आज देखा परेको छ । स्थानियले जंगलमा बसेको चितुवाको भिडियो रेकड गरेका थिए र चितुवा बसेको स्थानमा पुगेपछी स्थानियलाई देखेर चितुवा भागेको भिडीयोमा देखीएको छ ।

चितुवा देखीएको क्षेत्रमा स्थानियलाई नजान सुचित गरेको डिभिजन वन कार्यालय ठाकुरापुरका फरेष्टर गणेश पुरीले बताउनुभयो । कपिलवस्तुमा देखीएको चितुवाको अंग्रेजी नाम लियोपार्ड भनिन्छ ।

चितुवा तराईका घना जंगलमा पाइन्छ । चितुवाको चोरी सिकारी गरेको खण्डमा ५० हजारदेखि ५ लाखसम्म र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu