Connect with us
Kapilvast Forest

कहिले टुंगिएला सत्ता गठबन्धनमा सिट बाँडफाँट ?

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धन दललाई सिट बााडफाँट टुग्गाउन अझै सकस परिरहेको छ । शीर्ष नेताहरुले सिट बाँडफाँटका लागि गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन।

शीर्ष नेताहरुले दिएको समय कार्यादलले गुजा्रदैं आईरहेका छन् । उनीहरुले आज फेरि बैठक बस्ने र प्रतिवेदनलाई अन्तिम रुप दिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो। १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण कार्यादलले गरेपनि कतिपय निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीका आ आफ्नै दावी रहेका कारण सिट बाँडफाँट टुंग्याउन कार्यादललाई मुश्किल परेको हो ।

कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताए। उनकाअनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी गरेको छ।

सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले बताएपनि भित्री छलफलमा भने अझै सकस परिरहेको छ ।

कार्यदलको बैठक बुधबार अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu