Connect with us
Kapilvast Forest

सत्ता गठबन्धनको औचित्य के हो: कोइराला

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने बताउनु भएको छ । आगामी चुनावमा गर्ने गठबन्धन सरकार बनाउनकै लागि मात्रै हो भने त्यसको औचित्य नहुने बताउनुभएको हो ।

गठबन्धन गर्दा पार्टीले एक सय सिट घटाएर भागबण्डामा सहमति गर्दा आन्तरिक विद्रोह हुने बताउनुभयो । १०९औँ विपीजयन्तीको अवसरमा नेपाल प्रेस युनियले आयोजना गरेको वीपी विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौति विषयक अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्नुहुँदै कोइरालाले गठबन्धनले कांग्रेसको विचारलाई मार्ने काम गरेको ठोकुवा गर्नुभयो ।

गठबन्धनभित्रको सिट बाँडफाँटको सन्दर्भमा उहाँले कांग्रेसभित्र आकांक्षीहरुको भिड भएकाले त्यसको व्यवस्थापन गर्न र जित्ने नेताहरुलाई उमेद्वार बनाउने विषयमा नेतृत्वसँग पटकपटक कुरा गरे पनि त्यसलाई बेवास्था गरेको बताउनुभयो ।

कोइरालाले भन्नुभयो, ‘पार्टी भित्रको समस्या समाधान नगर्ने र गठबन्धनका नाममा अन्यदलहरुलाई बढी सिट दिएर जाने हो भने, पार्टीभित्र विग्रह ल्याउँछ, विद्रोह हुन्छ ।’ नेपाली कांग्रेसको नेतृत्वको सरकारले दुईवटा विवादास्पद विधेयक ल्याएको भन्दै त्यसलाई सच्याउन आग्रह गर्नुभयो ।

कुनै पनि सरकारले प्रेस स्वतन्त्रता हनन गरिरहेको भन्दै उहाँले कानुन बनाएर प्रेस जगतलाई अंकुश लगाउन नहुँने विचार व्यक्त गर्नुभयो । वर्तमान कांग्रेसको नेतृत्वको सरकामरले समेत पुरानै सरकारका प्रबृतिलाई दोहोर्याउने काम गरेको आरोप लगाउनुभयो । यस अघिका सरकारहरुकागलत कृयाकलापलाई वर्तमान सरकामरले समेत रोक्न नसकेको कोइरालाको धारण छ ।

‘पहिलादेखिकै सरकाले आफ्ना आलोचना गर्ने समाचारहरु रोक्न खोज्ने चलन अहिले पनि कायम रहेको छ ।’ उहाँले स्मरण गराउनुभयो, ‘विपी कोइरालाले २०१५ सालमा आफुभन्दा फरक विचार राख्ने पत्रकाहरुलाई बोलाएर सरकारको आलोचना गर्नेगरी समाचारहरु प्रकाशन गर्न सहयोग गर्नुहुन्थ्यो ।’ वीपी कोइरालालाई सम्झदै गर्दा उहाँको नीति सरकारले कार्यन्वायनमा ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको भन्दै प्रेस स्वतन्त्रता छैन भने त्यो देशमा लोकतन्त्र सम्भव नहुने कोइरालाले धारणा राख्नुभयो । ‘देशमा जबसम्म प्रेस स्वतन्त्रता, सुशासन र मानवअधिकार हुँदैन तबजसम्म लोकतन्त्रको महसुस नागरिकले गर्न पाउँदैनन्’, कोइरालाले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu