Connect with us
Kapilvast Forest

राहदानीबाट मात्रै एक वर्षमा पाँच करोड राजस्व

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

कावासेती । पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड एक लाख ३८ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

यो अवधिमा सात हजार चारसय पाँच जनाले साधारण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए । भुसालका अनुसार आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव ०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व सङ्कलन भएको हो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu