बर्दिवासमा बस दुर्घटना , १५ जना घाइते
महाेत्तरी -महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये धरान ११ का इन्द्रा तामाङ्गलाई काठमाडाैँ रेफर गरिएको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालले जनाएको छ । उहाँको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
धरानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस लोकमार्गको दायाँतिर करिब १० फिट तल खसेर दुर्घटना भएको थियो ।