Connect with us
Kapilvast Forest

आफ्नै बलबुतामा चुनाव लड्छौं : अध्यक्ष ओली

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल जनताको साथ लिएर आफनै बलवुतामा एक्लै चुनाव लडने बताउनुभएको छ । एमाले धनुषाद्वारा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एमाले एक्लै चुनाव लड्छ, कसैसँग गठबन्धन गर्दैन ।” अध्यक्ष ओलीले मंसिर ४ गते हुने चुनाव साधारण चुनाव नभएको बताउनुभयो । चुनावले देशको भाग्य र भविष्यको फैसला गर्ने चर्चा गर्नुभयो ।

गठबन्धन दल विजय भएमा सत्ताका लागि मात्र विजयी हुने तर एमाले विजयी भएमा लोकतन्त्रको रक्षा, मुलुकको समृद्धि र राष्ट्रियताको विजय हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले नागरिकताको सवालमा अन्यदलले भ्रम छर्न खोजेको बताउनुभयो ।

“जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्छ” उहाँले भन्नुभयो । जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिनेगरी सरकारले विधेयक ल्याएमा एमालेले विधेयक पारित गर्नमा सघाउने उहाँले बताउनुभयो ।

नागरिकताको समस्या गम्भीर भए पनि सरकारले समस्या समाधानतर्फ ध्यान नदिएको उहाँले आरोप लगाउनुभयो । देश बनाउने शक्ति एमाले मात्र भएकाले एमालेमा आवद्ध हुन उहाँले सबैलाई आव्हान गर्नुभयो ।

एमालेमा जनताको प्रवेशको लहर देखेर गठबन्धन दलहरु आत्तिएको अध्यक्ष ओलीले चर्चा गर्नुभयो । एमाले मधेस र मधेसी जनताको पक्षमा रहेकाले अरु कसैको बहकाउ र भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । आफू जनकपुर आउनेक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
एमालेका सचिव एवम मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठले विरोधी शक्तिहरु एमालेको विरुद्धमा भ्रमको खेती गरिरहेको टिप्पणी गर्नुभयो । सबै भ्रम चिर्न सक्रिय हुन उहाँले पार्टी पङ्तिलाई आग्रह गर्नुभयो ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेल, पोलिटब्युरो सदस्य जुली महतोसहितका नेताहरुले सम्बोधन गर्नुभयो ।


पार्टीमा स्वागत

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य रुहिनाज, प्रदेश सभा सदस्य अन्जुकुमारी यादव, नेपाली कांग्रेस धनुषाका सभापतिका प्रत्यासी एवम् युवा नेता सन्तोष यादवसहित करिब दुई हजारको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको सो दलले जनाएको छ । नव प्रवेशीलाई अध्यक्ष ओलीले खादा टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu