Connect with us
Kapilvast Forest

रोल्पामा फरार अभियुक्त २९ महिनापछि पक्राउ

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

रोल्पामा एक जना फरार अभियुक्त २९ महिनापछि पक्राउ परेका छन । यसरी पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका वडा नंं. २ थवाङ घर भइ घोराही उपमहानगरपालिका १४ दाङ वस्ने किशोर वुढामगर रहेको प्रहरीले जनाएको छ ।

लागु औषध चरेश मुद्दामा वुढामगरलाई रोल्पा जिल्ला अदालतको २०७६ चैत्र २९ गतेको फैसलाले दोषी ठहर गरेको थियो ।

अदालतले अभियुक्त वुढामगरलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गर्दै फैसला गरेको थियो ।

अदालतको फैसलासँगै फरार रहेका उनलाई सोमवार पक्राउ गरि फैसला कार्यान्वयनका लागी रोल्पा जिल्ला अदातलमा पेश गरिएको थियो ।

अदालतको आदेशमा अभियुक्त वुढामगरलाई हाल कारागार कार्यालय रोल्पाको थुनामा राखिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu