Connect with us
Kapilvast Forest

वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु, युवक घाइते

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

वीरगञ्ज-वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । अर्को एक जना घाइते भएका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ बस्ने ७० वर्षीय वृद्ध फजिल देवानको मृत्यु भएको हो । भने सोही स्थानमा बस्ने ४० वर्षीय जुमदिन देवान घाइते भएका हुन् ।

मंगलबार दिउँसो साढे २ बजे वीरगञ्ज–२५ अलौ स्थित सडकखण्डमा बा.२ झ ४०२० नम्बरको एम्बुलेन्सले प्रदेश २–०३–०१२प ५६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्दार गरी तत्कालै एल.एस.न्यूरो अस्पताल वीरगञ्जमा पठायो । मोटरसाईकलको पछाडि बसेका ७० वर्षीय फजिल गम्भिर घाइते थिए ।

उपचारकै क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले बताए । एम्बुलेन्स र चालक वीरगञ्ज महानगरपालिका–१९ बस्ने ४० वर्षीय जियालाल यादवलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu