Connect with us
Kapilvast Forest

एक करोडको पुरस्कार महावीर पुनलाई

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनु भयो। उहाँले एउटा मात्रै आविष्कार केन्द्र नभई धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनुभयो।

आविष्कार केन्द्र खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपाली रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताउनु भयो।

उहाँले आविष्कार केन्द्रलाई उच्च प्राथमिकता नदिने हो भने देशको विकास कहिल्यै नहुने दाबी गर्नुभयो। अध्यक्ष पुनले हाइवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउनु भयो। उहाँले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताउनु भयो।

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताउनु भयो। उहाँले दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि सबैभन्दा गरिब मुलुकमा स्थापित रहेको दाबी गर्नुभयो। उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनु भयो।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu