Connect with us
Kapilvast Forest

चन्द्रौटा साप्ताहिक हाट बजारको अनुगमन

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख अजय थापाले चन्द्रौटामा लाग्ने साप्ताहिक हाट बजारको अनुगमन गर्नु भएको छ । थापाले बजार अनुगमन गर्दै बजारलाई थप व्यवस्थित बनाउनु पर्ने बताउनु भयो ।

हाट बजार तरकारी र फलफुलका लागी बनाइएका टहराहरुमा मासु व्यवसायिहरु भेटिएकोले उनीहरुलाई अर्को ठाउँमा व्यवस्थापन गरिएको मेयर थापाले बताउनु भयो । हाट बजार भित्र माछा मासु व्यवसायिहरुलाई व्यवस्थित गर्न बधशालको व्यवस्थापन गर्नु पर्ने देखिएको उहाँले बताउनु भयो । माछा मासु व्यवसायिहरुबाट निक्सने फोहोरलाई उचित व्यवस्थापन गर्न हाट बजार ठेकेदारलाई उहाँले निर्देशन दिनु भयो ।

बजार व्यवस्थापन समितिले बजारमा व्यापार गर्न आउने व्यवसायिहरुलाई उचित ठाउँको व्यवस्थापन गरि बजार भित्रको सडकलाई खुल्ला राख्न पनि मेयर थापाले निर्देशन दिनु भयो । बजार भित्रको सडकमा जथाभावी राखिएका पसलहरुलाई तत्काल व्यवस्थापन गर्न र स्थान नभए व्यवसायीलाई नभित्राउन उहाँ निर्देशन दिनु भयो ।

हाट बजार क्षेत्र भन्दा बाहिर सडक क्षेत्रमा रहेका व्यवसायिहरुलाई हाट बजार भित्र आफ्ना समान राख्न र गाडीलाई पन बजार क्षेत्र भित्र नै व्यवस्थापन गर्न थापाले निर्देशन दिनु भयो । अर्को पटक सडक क्षेत्रमा व्यापार गरेको पाइए हाटबजार ठेकेदार, व्यवस्थापन समिति र व्यवसायिलाई समेत कारबाहि गरिने उहाँ बताउनु भयो । बजारलाई व्यवस्थित र सफा बनाउन हाटबजार ठेकेदार र व्यवस्थापन समिति संग छलफल काम अगाडी बढाइने उहाँले बताउनु भयो । अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे, कृषि शाखा प्रमुख ताराचन्द्र चौधरी लगायतको सहभागित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu