एकीकृत समाजवादीले मोरङ-२ (ख) मा डा.पोखरेललाई उम्मेदवार बनाउने
माेेरङ – आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीले मोरङ क्षेत्र – २ को (ख) मा डा.उद्धव पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेकाे छ।
एकीकृत समाजवादी निकट नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष पोखरेल पार्टिकाे सहमतिमै उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ।
५ दलित गठबन्धन एक भएर चुनाबी मैदानमा उत्रिदा एकीकृत समाजवादीले मोरङ क्षेत्र – २ को (ख) क्षेत्र आफूले पाउनुपर्ने दाबेदारी गर्दै आएको छ ।
गठवन्धनकातर्फ पोखरेललाई उम्मेदवार बनाउन पार्टीका नेता सहमत छन् ।
शैक्षिक सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय डा.पोखरेल मिलनसार तथा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ ।
मोरङका जनताको हित, जिल्लाको विकास तथा परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहने डा. पोखरेलकाे भनाई छ । उहाँलाई पार्टीका सचिबालय सदस्य तथा क्षेत्र नम्बर -१ का अध्यक्ष, काठमाडौं जिल्ला खेलकुद महासंघ समाजबादी, नेपाल खेलकुद महासंघ समाजबादी तथा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स काठमाडौं महानगरका अध्यक्ष युवा नेता केम्श सिंहले पनि समर्थन जनाएसक्नु भएको छ ।