Connect with us
Kapilvast Forest

बाँकेबाट हराएका दुई बालिका सातदिनपछि पोखरामा भेटिए

२०७९, १२ आश्विन बुधबारमा प्रकाशित

नेपालगञ्ज-बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि.क र निशा परियार एकसातापछि पोखरामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताउँनुभयो । उनिहरु यही असोज ४ गते राती घरबाटै हराएका थिए ।

व्यापक खोजतलाश गरिरहेकै बेला हराएको सातदिनपछि उनि दुबैजना पोेखरामा फेला परेको डीएसपी मल्लले बताउनुभयो । ‘बालिकाहरु पोखरामा फेला परेको जानकारी हामीलाई आएको छ, उनीहरु कसरी र कोसँग त्यहाँ पुगे भन्ने कुरा अनुसन्धानबाट खुल्छ,’ उहाँले भन्नुभयो । दुबैका परिवारले आफन्त कहाँ जताततै खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् ।

इलाका प्रहरी कार्यालय कुसुमका सई पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताउनुभयो ।

जोशीले बन्दना बिक यसअघि परिवारसँग पोखरा गएको र त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शङ्का लागेर खोजी गर्न परिवारका सदस्यलाई त्यहाँ पठाएकोमा बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी आएको बताउनुभयो ।

विस्तृत जानकारी बालिकाहरु घरमा आईसकेपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ । बालिकाहरु कसरी पोखरा पुगे, रातको समयमा कहाँबाट गाडी चढें, त्यो सबै कुरा उनीहरु घरमा आएपछि पत्ता लगाउने प्रहरीको भनाई छ ।

गत मंगलबार बेलुका करिब ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए । बालिका हराएको दुई दिनपछि इलाका प्रहरी कार्यालय कुुसुममा खोजी गरिदिन निवेदन दर्ता गराइएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले देशका विभिन्न प्रहरी युनिटमा हराएका बालिकाको विवरण र तस्विर पठाएर खोजीका लागि आग्रह गरेको थियो ।

दुबै बालिकाको आमा दोस्रो विवाह गरेर अन्यत्रै गएका छन् । बुवाले दोस्रो बिबाह गरेपछि निशा माउली हजुरबुवासँग र बन्दना कान्छी आमा तथा हजुरआमासँग बस्दै आएकी थिइन् ।

निशा स्थानीय कुसुमेश्वर माध्यामिक बिद्यालयको कक्षा ४ र बन्दनाले सोही बिद्यालयको कक्षा ३ मा अध्ययन गर्दैछन् । उनीहरुले एक दिन विद्यालय जाने र एकदिन कुसुम बजारमा मकै पोलेर विक्रि गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu