Connect with us
Kapilvast Forest

दसैंमा स्वस्थकर मासु कसरी छान्ने?

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

नेपालीहरूको महान पर्व दसैं-तिहार घर आँगनमा भित्रिसकेको अवसरमा हामीले खानेकुरा कतिको स्वच्छ र स्वास्थ्यपरक छ भन्नेतर्फ हेक्का राख्न जरूरी छ।

नेपालमा मनाइने चाडहरूमध्ये, हिन्दूहरूको महान चाड बडादसैं एक हो। आफूभन्दा ठूला व्यक्तिको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाइ खाने पर्वका रूपमा दसैं चिनिन्छ।

यो पर्वमा ऋण लिएर पनि नयाँ लुगा लगाउने र मासु काट्ने प्रतिस्पर्धा हुने गरेको छ। त्यही कारणले भनिन्छ, ‘दसैं आयो ढोल बजाइ, गयो दसैं ऋण बोकाइ’।

invotech
मासु एक पौष्टिक खाना हो, जसमा १० देखि २५ प्रतिशत प्रोटिन हुन्छ। यसमा जिंक, भिटामिन बी र पोटासियम पनि पाइन्छ। यी हाम्रो शरीरको लागि आवश्यक पोषक तत्व हुन्। सन्तुलित आहारमा मासुको प्रयोग अत्यावश्यक मानिन्छ। तर, मासुबाट प्राप्त हुने तत्वहरू त्यति सजिलै प्राप्त हुँदैनन्।

दसैंमा अत्यधिक मासु सेवनको असरले विभिन्न रूपका दीर्घकालीन रोगहरू निम्ताउने अमेरिका र युरोपका विभिन्न विश्वविद्यालय अन्वेषक र मासु विज्ञहरूले बताएका छन्। दैनिक रूपमा धेरै रातो मासु खाँदा मानिसको मुटुमा असर पर्ने र उच्च रक्तचाप र क्यान्सर हुने गरेको पाइएको छ।

नेपालका मासु पसलको लापरबाहीका कारण अधिकांश मानिसमा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र मासुबाट विभिन्न रोग सर्ने गरेको पाइन्छ। यी र यस्तै कारणले विभिन्न चाडपर्व मनाएर अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वुद्धि हुने गरेको पनि देखिन्छ।

दसैंमा खसी-बोका किन्दा केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ। जस्तै: धेरै पातलो, आवश्यकताभन्दा बढी रसिला आँखा भएको किन्नु हुँदैन। यस्ता लक्षण सामान्यतया बिरामी हुँदा देखा पर्छन्।

हाल सरकारले खसी-बोकालाई रातो र हरियो रङ दिएर परीक्षण गरिरहेको छ।

हरियो सिङ भएका खसी-बोका स्वस्थ हुन्छन् भने रातो अस्वस्थ हुन्छन्। खसी-बोका काट्नेदेखि लिएर मासु पकाएर खाने र भण्डारण गर्ने केही आधारभूत जानकारीहरू छन् ताकि मासुजन्य रोगबाट बच्न सकिन्छ।

दसैंमा स्वस्थकर मासु कसरी छान्ने ?
 मासु हल्का गुलाबी रङको हुनु हुँदैन
 यदि मासु हरियो र प्याज रङको छ भने यो मानव उपभोगको लागि अयोग्य हुनेछ
 मासुमा कुनै अमिलो, बिग्रिएको, अप्रिय गन्ध हुनु हुँदैन
 मासुलाई फ्रिजमा छुट्टै छोपेर सफा र चलिरहेको फ्रिजमा राख्नुपर्छ।
 मासु काट्दा र समात्दा विशेष ध्यान दिनुपर्छ।
 बासी र खुला मासु नखाने
 कुनै पनि हालतमा काँचो मासु नखानुहोस्।
 सेकुवा, ह्याकुला छोइला आदि भुटेको मासु सकेसम्म नखानु राम्रो हुन्छ।
 राम्ररी धोएर र राम्ररी पकाएको मासु मात्र खाने
 विभिन्न प्रकारका मसला र तेलको प्रयोग कम गर्नु पर्छ।
 सकेसम्म फ्याट कम भएको मासुको प्रयोगमा जोड दिनुहोस्।
 मासुलाई अन्य पकाएको परिकारसँगै फ्रिजमा राख्नु हुँदैन। ताजा मासुलाई २ देखि ४ डिग्री सेल्सियसमा ४८ घण्टासम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ।
 फ्रिजमा राख्दा सधैं मासु छोप्नुहोस् र यसलाई माथि कहिल्यै नराख्नुहोस्। माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणुहरू तरल पदार्थ, हावाको माध्यमबाट तल्लो सतहमा पर्न सक्छन्।
 तलका अन्य खानेकुराहरू पकाएको भाँडा, तरकारीहरू, शाकाहारीहरूका लागि तयार/छुट्टाइएका परिकारहरू, फलफूल र तरकारीहरूको जोखिम हुन्छ।
 काँचो मासु र पकाएको मासु एकै ठाउँमा राख्नु हुँदैन।
 घरमा मासु पकाउँदा सरसफाइमा ध्यान दिनुहोस्। मासु खाँदा सकेसम्म हरियो सागसब्जी खाने बानी गर्नुपर्छ। मासु खाएपछि तुरून्तै आइसक्रिम, दही, क्रिम डिस नखाने।
 दैनिक व्यायाम गर्नुपर्छ। सुरक्षित उपाय अपनाएर भण्डारण गरिएको छ वा छैन भनी निरीक्षण गरेपछि मात्रै खाने।

(आशिक तिवारी लेखक फुड माइक्रोबायोलोजिस्ट हुन्।)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu