Connect with us
Kapilvast Forest

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

२०७९, २४ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं– भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।

उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

उनको निधनप्रति भारतका अन्य नेताहरुले शोक व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu