Connect with us
Kapilvast Forest

संसदिय ब्यवस्था खारेज गरौ: महासचिव विप्वल

२०७९, २६ आश्विन बुधबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले यस चुनावको पक्षमा नरहेको बताउनु भएको छ । महासचिव चन्दले यस पटकको संसदीय चुनाव खारेज गर्ने बताउनु भयो ।

कपिलवस्तुको शिवगढिमा मंगलबार राती ९ बजे नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले यस्तो बताउनु भएको हो ।
उहाले प्रचण्ड, बाबुरामको विसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिको झण्डा उठाएको स्मरण गर्दै नवौँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनैपनि हालतमा दलाल संसदीयव्यवस्थामा आत्मसमर्पण नगर्ने दृढता व्यक्त गर्नुभयो ।

महासचिव चन्दले दलाल पुजीवाद भत्काउदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको समेत बताउनु भयो । एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्योति बोकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छोड्ने जानकारी दिनुभयो ।

महासचिव विप्लवले भन्नू भयो, ‘नवौँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ ।’
लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी रहेकरहेको महासचिव चन्दले बताउनु भयो ।उदघाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विसर्जनवादको चपेटाबाट क्रान्तिलाई जोगाउन विप्लव सफल भएको बताउनु भयो ।
वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतिले एउटा क्रान्तिको विसर्जनपछि अर्को क्रान्तिको जग हाल्ने कुरा सामान्य नभएको सम्बोधन गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष विनोद उपाध्याय, राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दिर्घ पाण्डे, प्रगतिशील कानुन व्यवसायी संघका अध्यक्ष एकराज भण्डारी, जनअधिकार अभियान मञ्चका उपाध्यक्ष देव बहादुर पौडेल लगायतले उदघाटन समारोह सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रवक्ता प्रकाण्डले गरेका थिए भने स्वागत मन्तव्य सचिवालय सदस्य सन्तोष बुढा मगरले राख्नु भएको थियो ।
मंगलबार देखि असोज ३१ गतेसम्म चल्ने महाधिवेशनको नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले डिजिटल प्रविधिमार्फत ब्यानर खोलेर, ड्रोन मार्फत ब्यानरसहित पुष्पवृष्टि गरेर ९ औँ महाधिवेशनको उद्घाटन गर्नुभयो ।

पार्टीका महासचिव विप्लव लगायत केन्द्रीय समिति, प्रतिनिधि तथा जनसमुदायहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्दा राता ड्रेसमा सुसच्जित युवाहरूको दस्ताले परेड तथा सलामी अर्पण गर्नुभएको थियो । महाधिवेशनमा देशभर तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा रहेका संगठनका प्रतिनिधि गरि साढे सात सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ । सयौं जनस्वयंसेवक तथा रहेका छन् । सबैको खाना व्यवस्थापनका लागि मेष सञ्चालन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu