Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता

२०७९, २३ आश्विन आईतवारमा प्रकाशित

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।

पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । देउवाको मनोनयन दर्ताका लागि राणा शनिबार डडेल्धुरा पुग्नु भएको थियो ।

उहाँसँगै डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का बागी उम्मेदवार विक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोविन्दराज खडायतले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कांग्रेस बीपीका तर्फबाट प्रधानमन्त्री देउवाको स्वकीय सचिव समेत रहनुभएका कांग्रेस पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गर्ने जानकारी पाएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu