Connect with us
Kapilvast Forest

कपिलवस्तु २ मा गठबन्धन उम्मेदवारको प्रचार प्रसारमा तिव्रता

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य र प्रदेशसभा २ (२) का काँग्रेस उम्मेदवार सुधाकर पाण्डेयले यशोधरा गाउँपालिकाका तिन वटा वडामा घरदैलो सम्पन्न गरेका छन ।

काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँ सहितका गठबन्धनका नेता कार्यकर्ता घरदैलोका लागी यशोधराका ३ वटा वडामा पुगी सकेका छन भने अन्य वडामा समेत घरदैलो गरिने जिल्ला सभापति अब्दुल कलाम खाँले जानकारी दिए ।

दुवै उम्मेदवार सहितको टोली यशोधरा १ को तिर्तिखी, तिर्तिखा, रजवापुर, पकडी र दरखसवा, वडा नम्बर २ को भडेहरका तिन वटा डिह, सोनबर्सि, गणेशपुर र भावपुर, वडा नम्बर ३ को हर्दिहवा, बसन्तपुरकमा दुवै डिह, लोहरौली र बहडिलवामा घरदैलोमा पुगेका हुन । घरदैलोमा मतदाता सँग प्रत्यक्ष भेटघाटका क्रममा प्रतिनिधीसभाका उम्मेदवार सुरेन्द्रराज आचार्यले जनताले त्याग र बलिदान दिएर ल्याएको संबिधानको रक्षाका लागी गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

यो निर्वाचन क्षेत्रको अपेक्षाकृत बिकास हुन नसकेको अवस्थामा अब युवाले परिर्वतनका लागी अगाडी आउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिए । लोकतन्त्रको उपलब्धी रक्षाका लागी गठबन्धनका उम्मेदवार जिताउन आवश्यक रहेको प्रदेशसभा सदस्यका उम्मेदवार सुधाकर पाण्डेयले बताए । एमालेले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदाता सँग आग्रह गरे ।

घरदैलोको कार्यक्रममा उम्मेदवारहरु सगै काँग्रेस जिल्ला सभापति अब्दुल कलाम खाँ, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हजरत अली खाँ, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष ध्यानेन्द्रमणी त्रिपाठी, काँग्रेस जिल्ला सहसचिव वजिह अरसद, काँग्रेस २ (२) प्रदेश सभापति गिरजेश कुमार पाण्डेय, काँग्रेस यशोधरा गाउँपालिका सभापति जगदिश पाण्डेय (दिनेश), माओबादी केन्द्रका यशोधरा गाउँ कमिटी अध्यक्ष शिवपुजन पासी, काँग्रेस क्षेत्रिय सचिव परुवालाल यादव, काँग्रेस कपिलवसतु नगर सभापति खुर्सेद आलम खाँ, काँग्रेस नेता राजु प्रसाद अर्याल, रामआशिष पाण्डेय, काँग्रेस युवा नेताहरु प्रकाश घिमिरे, अनुप कुमार पाण्डेय, काँग्रेस यशोधरा गाउँपालिका सचिव प्रभाकर चौहान, माओबादी केन्द्रका नेता सुनिल कुमार पाण्डेय लगायतको सहभागीता रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu