Connect with us
Kapilvast Forest

नेकपाको महासचिवमा पुन: ‘विप्लव’ निर्वाचित, १२६ जना केन्द्रीय सदस्य चयन

२०७९, २ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु– नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा विप्लव सहित नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनको वन्दसत्रले केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो ।

महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ । महाधिवेशनले विप्लवलाई पुनःमहासचिवमा निर्वाचित पनि गरेको छ ।

महाधिवेशनले अरु पदाधिकारी भने चयन गरेको छैन । महाधिवेशन बारे जानकारी दिनका लागि आज अपरन्ह ४ः३० बजे पार्टी केन्द्रिय कार्यालय शिवगढीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

साभारः जनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu