Connect with us
Kapilvast Forest

आचारसंहिता उल्लंघन गर्नेलाई सिडियाेले कारबाही गर्न सक्ने

२०७९, ३१ आश्विन सोमबारमा प्रकाशित

election

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग सोमबार बसेको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएकाे हाे।

केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिए तत्काल नियन्त्रणमा लिन कञ्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयाे ।

मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उहाले क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न सक्ने भन्दै आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताउनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu