Connect with us
Kapilvast Forest

लागूऔषधसहित २१ जना पक्राउ

२०७९, ४ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ- लागूऔषध नियन्त्रण ब्युरोले प्रतिबन्धित लागूऔषधसहित २१ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा लागूऔषध कारोबार भएको गोप्य सूचनापछि ब्युरोले विशेष अपरेसन सञ्चालन गरेको थियो ।

त्यस क्रममा खैरो हेरोइन, गाँजा तथा फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागूऔषध)सहित उनीहरू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले खैरो हेरोइन, गाँजा तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिका साथबाट खैरो हेरोइन ३३.४ ग्राम, लागूऔषध गाँजा १५ केजी ९१७ ग्राम तथा फर्मास्युटिकल ड्रग्स दुई हजार १४० थान बरामद गरिएको खड्काले जानकारी दिनुभयो ।

ब्युरोको टोलीले काठमाडौँको चाबहिलबाट ३३.४ ग्राम खैरो हेरोइन तथा ११ लाख २५ हजार पाँच सय रुपियाँ तथा डिजिटल तराजुसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका–२ का ग्याल्जेन शेर्पा, इलाम फाकफोकथुनका दिनेश तामाङ, इलाम माई नगरपालिकाकी सिर्जना राई, कृष्ण तामाङ, सर्लाही लालबन्दीका रञ्जित गोले, नुवाकोट लिखु गाउँपालिकाका सरोज राई तथा कृष्ण राई रहेका छन्

यसैगरी खाजा पसल सञ्चालन गरी लागूऔषधको कारोबार गर्ने धादिङ थाक्रेकी शर्मिला तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ब्युरोले औषधिजन्य लागूपदार्थ कारोबारमा संलग्न १० जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

काठमाडौँको बालाजुबाट पर्सा बहुदरमाईका सन्दीप दास पक्राउ परेपछि अन्य कारोबारीसमेत पक्राउ परेका थिए । जसमा पर्सा छिपहरमाईका दीपुप्रसाद कुशवाह, चितवन भरतपुरका श्रीकृष्ण भण्डारी र मेलिना भण्डारी तथा पर्सा छिपहरमाईका उपेन्द्रप्रसाद कुशवाह रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट दुई हजार १४० थान एम्पुल, ६७६ थान बुप्रेनोर्फिन, ६७६ थान डाइजेपाम तथा ७२१ थान फेनारगन बरामद गरेको जनाएको छ ।

अमेरिकाबाट आएको पार्सल खोल्दा गाँजा लागूऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट हुलाकमार्फत नेपाल भित्रिएको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । वैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारमा पार्सलमार्फत नेपाल भित्रिएको २०८ ग्राम गाँजा लिन पुगेका गोरखा पालुङटारका सचिन देवकोटा, काठमाडौँ महानगरपालिका–१६ का सौरभ सान्डिललाई पक्राउ गरेको छ ।

नेपालमा गाँजाको उत्पादन हुने र भारतलगायत छिमेकी मुलुकमा तस्करी हुने गरेकामा अमेरिकाबाट गाँजा किन नेपाल भित्रियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिमाली भेगमा उत्पादन भएको गाँजालाई गुणस्तरीय मानिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu