Connect with us
Kapilvast Forest

यी हुन् नेकपा एस कपिलवस्तुका महिला समानुपातिक उम्मेदवार

२०७९, ८ कार्तिक मंगलवारमा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुबाट तीन जना महिला समानुपातिक तर्फका उम्मेदवार रहेका छन् ।

संघ र प्रदेश गरी एकीकृत समाजवादी कपिलवस्तुले तीन जना महिलालाई समानुपातिक तर्फ उम्मेदवार बनाएको हो ।

समाजवादीबाट प्रतिनिधिसभा तर्फ नुर फातिम उम्मेदवार बनेकी छिन् । कृष्णनगर निवासी फातिमा प्रतिनिधिसभा तर्फ समाजवादी कपिलवस्तुकी एक मात्र उम्मेदवार हुन् ।

कम्युनिष्ट परिवारकी फातिमा प्रतिनिधिसभा ३ मा लोकप्रिय छिन् ।

प्रदेशसभा तर्फ प्रभावती कोहार र आरती धोवी छिपि समानुपातिक तर्फ उम्मेदवार छन् । कोहार मायादेवी गाउँपालिकाकी हुन् भने धोवी शिवराज नगरपालिकाकी हुन् ।

यी दुवै क्षेत्रमा समाजवादीले प्रदेश सभा तर्फ प्रत्यक्षमा उम्मेदवार खडा गरेको छ । मायादेवी, शुद्धोधन गाउँपालिका तर्फको प्रदेशसभामा फैजल खान उम्मेदवार छन भने चन्द्रौटा क्षेत्रको प्रदेशसभामा जीवलाल पौडेल उम्मेदवार छन् ।

मधेसी, मुस्लिम, महिला र पहाडीयाको सन्तुलन मिलाएर एकीकृत समाजवादीले जिल्लामा समावेशीताको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu