जनताको आपार समर्थन पाएको छु: उम्मेदवार शाह
कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा निबार्तमान संसद अभिषेक प्रताप शाहले कार्यकर्ताको आपाए समर्थन पाएको बताउनु भएको छ ।
कपिलवस्तु क्षेत्र नं ३ का नागरिकको सुखदुःखमा साथ सहयोग गर्न आफू तयार रहेको उम्मेदवार शाहले बताउनुभयो ।
तिहारको उपलक्ष्यमा कार्यकर्ताहरुसगँ भेट गर्दै उम्मेदवार शाहले आफु जितको नजिक पुगेको बताउनु भयो ।
शाहले आफ्नो फेसबुक सामाजिक सन्जालमा ३२ हजार मत पाएर जित्ने बताउनु भयो । 
कपिलवस्तु क्षेत्र नं ३ को विभिन्न स्थनमा आफुले सक्दो विकास गरेको बताउदै आउने दिनमा विकासको कामलाई अग्रता दिने बताउनु भयो । शाहले गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउन अग्रह गर्नु भएको छ ।