नेकपा एसका पौडेल चुनाव जित्ने दाउमा
कपिलवस्तु
कपिलवस्तुको क्षेत्र नं. ३ (क) नेकपा एकिकृत समाजवादी तर्फका उम्मेदावर जिवलाल पौडेलको घर दैलो र जनता संग भेटघाट अभियान तिव्र भएको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मत पार्न पौडेलको निर्वाचन परिचालन समिति सक्रिय बनेको छ ।
वडाहरुमा पार्टि सम्पर्क कार्यालय , संगठन विस्तार संगै घर दैलो अभियानलाई समेत नेकपा एसले तिब्रता दिएको छ । जिल्लाको क्षेत्र नं. ३(क) मा विभिन्न पार्टि र स्वतन्त्र सहित ७ जनाको उम्मेदवारी रहेको छ । अन्य पार्टि र उम्मेदवारहरुको भन्दा पौडेलको घर दैलो अभियान जनता संगको भेटघाट प्रभावकारी भएको स्थानियहरु बताउछन ।
क्षेत्र नं. ३(क)मा लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदावरी हुदाँ हुदै पनि नेकपा एस बाट टिकट पाए पछि पौडेल चुनावी दौडमा होमिएका छन ।
लामो समय एमालेको राजनिती गरेका पौडेल पछिल्लो समय नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश सदस्य समेत हुन । एमाले भित्र छदै राजनितिक छवि बनाएका पौडेल क्षेत्रका जनता संग परिचित व्यक्ति हुन ।
सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका पौडेल हरेक समय जनताको सेवामा नै सर्मर्पित हुदै आएका छन । क्षेत्रको पूर्व उत्तर भागमा निकै राम्रो माहोल बनाएका पौडेलले दक्षिण क्षेत्रमा समेत राम्रो छबि बनाएका छन ।“चुनावको महोल छ, भोट माग्न त सबै आउँछन, तर सधै हामी संगै हुने र हाम्रो समस्यामा साथ दिने नेता भनेकै पौडेल हुन” स्थानिय सम्झना थारुले भनिन ।
पार्टि नेतृत्व संग रुष्ट , नयाँ अनुहार खोज्ने जथ्था, उम्मेदवार मन नपराएका कार्यकर्ताहरुको मत समेत आफ्नो भागमा पर्ने नेकपा एसले आँकलन गरेको छ । आफ्नै अलग्गै पहिचान सहित चुनावी मैदानमा होमिएका पौडलको बढ्दो सक्रियताले अन्य स्थापित उम्मेदवारलाई भने कडा चुनौती दिएको छ ।