जनमत पार्टीका अध्यक्ष सिके राउत कपिलवस्तुको रुद्रपुर आउदैं
न्युज सेन्टर नेपाल, कपिलवस्तु– जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत कपिलवस्तुको रुद्रपुर आउने हुने भएको छ ।
जिल्लाको रुद्रपुरमा चुनावी सभालाई सम्बोधन गर्न कार्तिक २० गते आइतबार जनमत पार्टीका अध्यक्ष सिके राउत कपिलवस्तु आउन लागेको जनमत पार्टी कपिलवस्तुका नेता नरसिंह चौधरीले बताउनु भयो ।
कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारी नरसिंह चौधरी, क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार देवराज भारती (बाबा), ३ को (ख) को प्रदेश सभा सदस्य पदका उम्मेदवार राहुल पाण्डेय उम्मेदवार रहेका छन् ।
कार्यक्रमको तयारीबतिब्र रुपले जारी रहेको जनमत नेता हनिफ गद्दीले बताउनु भयो । आउने मंसिर ४ गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले चुनावी क्रियाकलाप तिब्र रुपले जारी राखेको छ ।