Connect with us
Kapilvast Forest

प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवारको समर्थन रोज राणालाई

२०७९, १६ कार्तिक बुधबारमा प्रकाशित

प्यूठान -प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार माधव केसीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएका छन् । वाग गठबन्धनबाट उम्मेदवार बनेका रोज राणा भनिने सरोज थापालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
थापा र केसीले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘जिल्लाको परिवर्तनका लागि युवाको अपरिहार्यता महसुस गर्दै हामीहरुबीच चुनावी सहकार्यको आवश्यकता ठहर गरियो ।’

उनीहरुले आगामी दिनमा जिल्लाको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । केसीले उम्मेदवारी निस्क्रिय गराएपछि प्यूठान प्रदेश सभा २ मा अब थापासहित नेकपा एमालेका हरिप्रसाद रिजाल, मंगोल नेशनल अर्गनाइजेसनका रुपलाल बुढा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल वीर घर्ती मगर प्रतिस्पर्धी छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu