Connect with us
Kapilvast Forest

बृजेश निकट नेताहरुले धमाधम साथ छाडन थाले

२०७९, १९ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु- लगातार ४ पटक चुनाव जितेर जिल्लामै रकर्ड बनाएका एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार यस पटक भने कमजोर देखिएका छन । उनको जीतमा यस पटक भने पुर्ण बिराम लाग्ने देखिएको छ । २०५६ साल देखि लगातार चार पटक चुनाव जितेका बृजेश उनका निकट नेताहरुले धमाधम साथ छाडन थाले पछि बिस्तारै कमजोड हुदै गएका छन । निर्वाचनमा सघाउदै आएका उनका राईट हेन्डर निटकमा मान्छेहरुले साथ छाडदै गए पछि उनी कमजोर बन्दै गएका हुन ।

गत फागुनमा आफना सबै समर्थकहरुसंग गुप्ता एमालेमा प्रबेश गरेका थिए । गत स्थानीय निर्वाचनमा उनले आफनो भाई राजेश गुप्ता लाई कपिलवस्तु नगरपालिकाको मेयरको टिकट दिए पछि उनका राईट हेन्डकारुमा रहेको सुदीप पौडलले उनको साथ छाडे । पौडल जसपामा प्रबेश गर्दै शानदार जितका साथ मेयर चुनिए । त्यस यता उनका थुप्रै निकटस्थ मानिसहरुले साथ छाडदै गएका छन । यसैक्रममा गत शुक्रवार सांसद बुजशे कुमार गुप्ताका राईट हेन्ड, एमाले तथा तथा कपिलवस्तु नगरपालिकाका उप मेयर बासुदेव कसौधन सहीत दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका गरे ।

चुनाव आउन केही दिन मात्र बाकी रहेको बेला कसौधन सहीत बृजेश समर्थकहरु धमाधम कांग्रेसमा प्रबेश गरे पछि यस क्षेत्रका कांग्रेस थप मजबुत हुदै गएको छ । नेता कसौधन २०४३ र २०४९ सालमा उम मेयरमा निर्वाचित भएका थिए । बिगत लामो समय देखि स्र्वीय नेता भगवान दास गुप्तासंग निकट रहेर राजीनीति गरेको कसौधनको प्रबेशले कांग्रेस उम्मेदवा र नेताहरु उत्सही भएका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारसमेत रहेका तौलिहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोषकुमार कसौधन र उनका छोरा युवा नेता अमरदिप कसौधनसहित ढेड दर्जन नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टीका जिल्ला सभापति अब्दुल कलाम खाँ, प्रदेश सहमहामनत्री तथा प्रतिनिधि सभा २ का उम्मेदवार सुरेन्द्रराज आचार्य, निर्वतमान केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल, पूर्व जिल्ला सभापति तथा कपिलवस्तु २ (२) का प्रदेश सभा उम्मेदवार सुधाकर पाण्डेय, पूर्व जिल्ला सभापति तथा समानुपातिक प्रदेश सभा सदस्य उम्मेदवार राजेश आचार्य लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् । गत स्थानीय निर्वाचनमा सांसद गुप्ताका राईट हेन्डकारुपमा रहेको सुदीप पौडलले साथ छाडेर जसपाबाट मेयरमा निर्वाचित भएका थिए । केही दिन अघि यशोधरा गाउपालिकाका नेता राकेश पाठक समेतले साथ छाडदै कांग्रेसमा प्रबेश गरी सकेका छन ।

सांसद गुप्ताका निकटहरुले धमाधम साथ छाडदै जानु र कांग्रेस नेताहरु एकीकृत हुदै गए पछि अहिले कपिलवस्तुको क्षेत्र नम्बर २ मजुबत बनेको कांग्रेस नेताहरुको दाबी छ । उता गत शुक्रवार नै लोसपाका केन्द्रिय सह महामन्त्री उपेन्द्र प्रताप सिंह तत्कालीन जिल्ला विकास समितका पुर्व ईलाका सदस्य शिव प्रताप चौधरी लगायतका दर्जनौ नेता कार्यकर्ताहरु अन्य पार्टी छाडी कांग्रेसमा प्रबेश गरेका छन । त्यति मात्र होईन कांग्रेससंग असंतुष्ट भई गत स्थानीय निर्वाचनमा लागेको बुद्धभुमी नगरपालिकाका सबै जना पुनः काग्रेस मै फर्किएका छन ।

असंतुष्ट नेता बिरेन्द्र मिश्रा अनिल घिमिरे , निबर्तमान जिल्लान समन्वय समितिका प्रमुख नारायण खनाल सहीत सबै कांग्रेस समाबेश भए पछि कांग्रेस झन मजुबत बनेको छ । कांग्रेस नेता बिरेन्द्र मिश्राले क्षेत्र नम्बर २ मा कांग्रेस जित तर्फ अग्रसर भएको बताए । पटक पटक पार्टी परित्याग गरी नेता दीर्घ नारायण पाण्डेय अहिले फेरी एमालेमा गए पछि बृजेशलाई केही राहत भए पनि त्यो भने प्रर्याप्त नभएको मतदाताहरु बताउछन ।

अहिले कांग्रेस क्षेत्र नम्बर २ मा कांग्रेस नेताहरु एकबद्ध हुनु, संगै प्रचारप्रसार गर्नु, कांग्रेसमा प्रबेशको लहर चल्नुले पनि यस पटक यो क्षेत्रमा कांग्रेसको जीत हुने कांग्रेस नेता राजु अर्याल बताउछन । गत २०७४ मा टिकट नपाए पछि स्वतन्त्र प्रदेश सभामा लडेका नेता अर्याल अहिले खुलेर कांग्रेसको प्रचारमा लागेका छन । कांग्रेसका नेता आचार्य र एमाले नेता गुप्ता अहिले फेरी आमनेसामने छन ।

उता जसपाले यस क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवार उठाएको छैन । प्रतिनिधि सभामा जसपाको मत समेत कांग्रेस उम्मेदवारलाई जाने देखिएको छ । ५ दलीय गठबन्धन समेतको भोट र कांग्रेस भोट जोडदा अहिले यो क्षेत्रमा कांग्रेस एकदमै सुदुढ देखिएको छ ।
उता नेता सुधाकर पाण्डेयले पनि यस पटक शानदाररुमा जित्ने कांग्रेसी नेताहरु बताउछन ।

उता कांग्रेस क्षेत्र नम्बर २ क का उम्मेदवार तथा पुर्व एएसपी बिक्रम सिंह थापाको समेत स्थिति मजबुत हुदै गएको छ । एमाले क्षेत्र नम्बर २ ख मा धरम बहादुरलाल श्रीवास्त र २ क मा नवराज लामिछाने उम्मेदवार छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu