Connect with us
Kapilvast Forest

विश्वमै दुर्लभ मानिने हिउँ चितुवा सगरमाथा क्षेत्रको खुम्बुमा भेटियाे (तस्बिरहरु)

२०७९, २१ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौ – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको खुम्बुमा देखिएको हिउँ चितुवा देखिएकाे छ । खुम्बुमा हिउँ चिउवा भेटिएको तस्बिर अमेरिकी फोटो पत्रकार कितिया पावलोभ्स्कीले कैद गर्नुभएकाे हाे ।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आउनु भएकाे अमेरिकी फोटो पत्रकार पावलोभ्स्कीले विश्वमै दुर्लभ मानिने हिउँ चितुवाको गत अक्टोवर ८ मा कैद गर्नुभएको हाे ।

फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ।

हिउँ चिउवाकाे तस्बिर सगरमाथाको ५४८६ मिटर उचाइस्थित खुम्बु क्षेत्रमा कैद गरिएको हाे ।

सगरमाथा क्षेत्रको ५१६४ मिटरमाथि हिउँ चितुवाको पाइला भेटिएपछि आफूले पछ्याउदा पाइलाका यी तस्बिर कैद गर्न सफल भएको पत्रकारले बताएकी छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj