वडाअध्यक्ष मिश्रा फेरी विवादमा, सिफारिस पत्र च्यातेको आरोप
सनिउल्ला धोबी,
कपिलवस्तु- स्थानिय तहबाट नागरिकहरुले सहज रुपले पाउने सेवासुविधा जनप्रतिनिधीले नदिदाँ कपिलवस्तुको एक जन प्रतिनिधी विवादमा तानिदँै आउनुभएको छ । सिफारिसको विषयमा पटक पटक विवादमा पर्दै आउनु भएको शिवराज १० को वडाअध्यक्ष मन्जु मिश्रा फेरी विवादमा पर्नुभएको छ ।
वडाअध्यक्ष मिश्रा माथि अहिले सिफारिस पत्र च्यातेको आरोप छ ।कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० को वडा अध्यक्ष मन्जु मिश्राले सेवाग्राहीको सिफारिस पत्र च्यातेको सेवाग्राहीले आरोप लगाएका छन् ।
शिवराज १० इस्लामनगरका किस्मत अली मनिहारको सिफारिस पत्र वडाअध्यक्ष मन्जु मिश्रा च्यातेको आरोप लगाउनुभएको छ ।मनिहारका अनुसार आइतबार आयस्रोतको सिफारिस बनाउदा जादाँ वडा सचिवले सिफारिस पदत्र बनाई वडाअध्यक्षको हस्तक्षर गराउन पठाउदाँ उक्त सिफारिस वडाअध्यक्ष मिश्राले च्याति दिएको बताउनुभयो ।
वडा अध्यक्ष मिश्राले आयस्रोतको सिफारिस पत्रमा पहिले हस्तक्षर गर्नुभयो त्यसपछी तैले भोट दिएको होइन भन्दै मेरो सिफारिस पत्र च्यातेर फालिदिएको पिडित मनिहारले बताउनुभयो ।
यता वडा अध्यक्ष मिश्राले आफुले सिफारिस पत्र नच्यातेको बताउनुभएको छ । किस्मत अली मनिहारले झुठो बोलको वडाअध्यक्ष मिश्राले बताउनुभयो । चारकिल्ला बनाउन आउँदा लालपुर्जाको अन्य कागज नलगाएकोले मैले कागजात मात्र लगाउन आग्रह गरेको बताउनुभयो ।
निवेदन पत्रमा अरु लालपुर्जाको कागजात लगाउन तोकलगाई सचिवकोमा पठाएको वडाअध्यक्ष मिश्राले बताउनुभयो । आफुुले हस्तक्षर गरेको सिफारिस फिर्ता लिइ वडा कार्यालयमा पठाएको वडाअध्यक्ष मन्जु मिश्राले बताउनुभयो ।