Connect with us
Kapilvast Forest

बहादुरगन्जमा बिश्व मधुमेह दिवस मनाइयो

२०७९, २८ कार्तिक सोमबारमा प्रकाशित

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगन्जमा बिश्व मधुमेह दिवस मनाइयो ।
नेत्र विशेषज्ञ डाक्टर शिलु थापाको अध्यक्षतामा भएको कार्यक्रममा आज अस्पतालमा आएका ४० बर्ष नाघेका आँखाका बिरामी र तिनका आफन्तहरुलाइ निशुल्क सुगर जाच र चिकित्सकिय परामर्श दिइएको प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले जानकारी दिनु भयो ।

सो अवसरमा नेत्र विशेषज्ञ डाक्टर थापाले सुगर रोग,यसका लक्षण चिन्ह,यसले शरीर र आँखामा पर्ने असरको बारेमा सहभागीहरुलाइ जानकारी गराउनु भएको थियो । साथै उहाँले सुगर का बिरामीहरुले हरेक ६/६ महिनामा अनिवार्य रुपमा आँखाको जाँच गराइ अन्धोपन हुनबाट बच्न सल्लाह समेत दिनु भयो ।

ल्याब टेक्निसियन देबराज शर्मा लगायत को प्राबिधिक टोलि ले बिरामीहरु सुगर परिक्षण गर्नु भएको थियो । सो अवसरमा १५३ जनाको निशुल्क सुगर चेकजाँच गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu