Connect with us
Kapilvast Forest

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

२०७९, २८ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरुमा निरीक्षण भ्रमण गर्नुभएको छ ।

उहाँले सोमबार मकवानपुर जिल्ला, हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर, सिन्धुली जिल्ला, माझीटारस्थित ९ बाहिनी अड्‍डा र सुनसरी जिल्ला ईटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको भ्रमण गर्नुभएको हो ।

निरीक्षण भ्रमणको दौरान उहाँले उक्त पृतना हेडक्वार्टर तथा बाहिनी अड्‍डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकिकृत सुरक्षा योजनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

सोही क्रममा प्रधान सेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न आग्रह पनि गर्नुभयो । निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेलको समेत सहभागिता रहेको थियो ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति शर्माले मंगलबार पनि मोरङ, उदयपुर, काभ्रेपलान्चोको गण र बाहिनीको भ्रणम गर्ने कार्यक्रम रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu