Connect with us
Kapilvast Forest

केसीको उम्मेदवारीले जनता खुसी

२०७९, २९ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु-२०७४ मा प्रदेश सभा सदस्य पदमा विजयी पश्चात् अर्जुन कुमार केसीले भौतिक विकासका पुर्वाधारमा उल्लेखनीय विकास गर्नुभएको छ । उहाँले सडक, स्वास्थ्य, शिक्षा, कृषि र धार्मिक मठमन्दिरको संरक्षणमा महत्वपूर्ण काम गर्नुभएको छ । केसीले यस क्षेत्रमा गरेका आफ्ना वाचा र प्रतिबद्धताहरु ९० प्रतिशत पुरा गर्नु भएको छ ।

उहाँले विभिन्न बाधाव्यवधानका बीच यस क्षेत्रमा बीच ३ वर्षमा जनताका चाहना र आवश्यकता अनुसार विभिन्न विकासको काम गर्नुभएको छ । उहाँले नेकपा एमालेका हाल महासचिव तथा प्रदेश संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा बनेको प्रदेश सरकार ढाले पनि छोटो समयमा सराहीय कार्य गर्नुभएको छ । अहिले केसीका प्रदेश सभा सदस्यको उम्मेदवारीले जनता खुसी भएका छन् ।

केसीले चन्द्रौटामा बन्न गइरहेका ५० बेडको सरुवा रोग अस्पताल, रिफ्रेस सेन्टर, शिवपुर सडक विभागमा अत्याधुनिक ल्याव, डीप बोरिङ्ग तथा क्याप्टी बोरिङ्ग, विभिन्न ठाउँमा कालोपत्रे बाटो निर्माण, विद्यालयमा बस व्यवस्थापन, शिवपुर कलौनी बनियाभार जोडने पुल, कञ्चनिया पुल तथा तटबन्ध र कोभिडको महामारीको समयमा गरेका काम जस्ता विभिन्न जनताको सरोकारका विकाससँग जोडिएका प्रत्यक्ष सरोकारका विषयमा कार्य गर्न सफल हुनु भएका केसी सफल उम्मेदवारको रुपमा परिचित हुनुन्छ ।

उहाँको नेतृत्वमा कपिलवस्तु क्षेत्र नं.३ (१) मा लोकप्रिय कार्यक्रमलाई अधुरा रहेका कामलाई थप निरन्तरता दिनका लागि नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो । यही मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सूर्य चिन्हबाट उम्मेदवार भई मतदाताहरुबीचमा आएको उहाँले बताउनुभयो । उहाँले नागरिकका अमुल्य मतलाई विकास र समृद्धिको आधार निर्माणका लागि पुनः एक पटक सुर्य चिन्हमा मतदान गर्न आवश्यक रहेको भन्दै विजयी बनाउन उम्मेदवार केसीले अनुरोधसमेत गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu