प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जिसीद्धारा कांग्रेस उम्मेदवार शाहलाई समर्थन
सनिउल्ला धोबी– कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाउदै नेपाली कांग्रेसलाई समर्थन गर्नुभएको छ ।
नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको आदर्श र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै जिसीले नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेक प्रताप शाहलाई समर्थन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापती गोविन्द केसीले जानकारी दिनुभयो ।
चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले बिकास र समृद्विको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेस प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहको निवास कृष्णनगरमा नेपाली कांग्रेसका नेता कार्यकर्तासँगै जिसीले आफनो उम्मेदवार निस्क्रिय पारेको र शाहलाई समर्थन गरेको बताउनुभयो ।
जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाई शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा भएको छ । स्वतन्त्र उम्मेदवार गणेश जिसीले चुनाव चिन्ह माछा पाउनु भएको थियो ।
कपिलवस्तुको क्षेत्र नं ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह, नेकपा एमालेका मंगल प्रसाद गुप्ता र जनता प्रगतीशिल पार्टीका इश्वर दयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधिी सभा सदस्य जित्नका लागि चुनावी मैदानमा उत्रिनुभएको छ ।
कपिलवस्तुको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह चुनावी मैदानमा छन् । दश बर्षे जन आन्दोलन पछी सांसद पुर्नस्थापना हुदाँ शाह सांसद चुनिएका थिए । उनका बावु अजय प्रताप शाहको निधन भएपछी अभिषेक सांसदमा छिर्ने मौका पाएका थिए ।
अभिषेक प्रताप शाह २०६४, २०७० सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । विक्रम संवत् २०७४ सालको निर्वाचनमा शाहले फोरम त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शाहले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २० हजार १ मत ल्याइ विजयी भएका थिए । विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ ।