नेकपा (विप्लब) द्धारा विजयनगरमा मसाल जुलुस
मंसिर ४ गते हुने प्रतिनिधी सभा, प्रदेश सभा सदस्यको निर्वाचन खारेज गर्नुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टि द्धारा मसाल जुलुश प्रदर्शसन गरीएको छ । आवस्यकता व्यक्ति चुन्ने नभएर व्यवस्था वदल्नु पर्ने भएकाले अहिलेको ब्यवस्थानै खारेज गर्नु पर्ने नेपाल कम्युष्ट पार्टि ९विप्लप० का जिल्ला कमिटि सदस्य बादलले बताउनुभयो ।
मसाल जुलुुस पश्चात विजयनगर गाउँपालिकाको फरेनि चोकमा भएको कोणसभा लाई सम्वोधन गर्दै बादलले ब्यवस्थानै खारेज गर्नु पर्ने वताउनु भएको हो ।
पटक पटक नेपाली जनताले आफ्नो अमुल्य मत प्रदान गर्दै आए पनि जनताको जिवनस्तर मा कुनै परिवर्तन नआएको तथा जनतालाइ जवरजस्ति दलाल पुजिवादी सत्ता र संसदीय व्यवस्था लादिएको जिकिर गर्दै यो व्यवस्था विरुद्ध आफुहरु निरन्तर लाग्ने बादलको भनाई रहेको थियो ।