Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भेटीएको शङ्कास्पद वस्तु सेनाद्धारा डिस्पोज

२०७९, ३० कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ पुरुशोत्तमपुर गाँउ नजिकै शङ्कास्पद बस्तु फेला परेको छ । गाँउका स्थानियहरु विहान उक्त शङ्कास्पद वस्तु देखेपछी प्रहरीलाई खबर गरेका थिए । निर्वाचन बिथोल्नका लागि कसैले विस्फोटक पदार्थ राखेको हुन सक्ने सुरक्षा निकायले जनाएको छ ।

बहादुरगंज स्थीत नेपाली सेनाको डिस्पोजल टोलीले शङ्कास्पद वस्तु डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले जानकारी दिनुभयो ।
शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थ जस्तो बस्तु भेटीएपछी त्यस क्षेत्रका नागरिक त्रसित भएका छन ।उक्त बस्तु विस्फोटक पदार्थ दसैँ तिहारमा प्रयोग हुने पटका लगायतको वस्तु रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाकारी दिएको छ ।

यसै विच कार्तिक २१ गते राती नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा ३ वटा सवारी साधनमा आगलागी गरेको थियो । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त सिंह शाहले निर्वाचन बहिष्कार गर्ने उदेश्यले सवारी साधनमा आगजानी गरेको बताउनुभएको थियो ।
मोर्चाले चन्दौटा–कृष्णनगर सडक अन्तरगत जावाभारी र बहादुरगंज क्षेत्रमा २ ट्रक र १ मोटरसाइकलमा आगजानी गरेका थियो । ट्रक जलाएको नजिकै मोर्चाको पर्चा समेत भेटीएको थियो ।

मोर्चाका संयोजक शाहले निर्वाचन बहिष्कार, एमसिसि खारेज गर, नागरिकता विधेयक पारित गर, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु पर्ने, पुर्ण सामनुपातिक निर्वाचन प्रणाली लागु गर, धर्म निर्पेक्ष खारेज गरी हिन्दु धर्म लागु गर लगायतका माग राखी संर्घषका कार्यक्रम सुरु गरेको बताउनु भएको थियो ।
सवारी साधनमा आगजानी गर्ने नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले नै पुरुशोत्तमपुरमा शङ्कास्पद बस्तु राखेको कतिपयले अशंका गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu