Connect with us
Kapilvast Forest

दोलखामा चार राउण्ड हवाई फायर

२०७९, ४ मंसिर आईतवारमा प्रकाशित

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान रोकिएको छ ।

आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो । मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।

आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu