Connect with us
Kapilvast Forest

जनमतका सिके राउत विजयी, उपेन्द्र यादव पराजित

२०७९, ७ मंसिर बुधबारमा प्रकाशित

सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभयो ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर १८ हजार ६३ रहेको छ ।

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ६० हजार ९२१ मत सदर र तीन हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu