Connect with us
Kapilvast Forest

महोत्सव प्रती चन्द्रौटाका व्यापारीहरु असन्तुष्ट

२०७९, १ पुष शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु- कपिलवस्तुका चन्द्रौटाका व्यापारीले भने मेल महोत्सव हाम्रो हितमा छैन । पुष ७ गते देखी २१ गते सम्म चन्द्रौटामा हुने सातौँ चन्द्रौटा महोत्सव व्यपारीको पक्षमा नभएको स्थानिय व्यपारीले माग गरेका छन । चन्द्रौटाका व्यपारीहरु मेल नलगाउन माग गर्दै शिवराज नगरपालिकामा ज्ञापत पत्र समेत बुझाएका छन । महोत्सव प्रती स्थानिय ब्यापारिहरु असन्तुष्टि भएको छ ।

महोत्सवले स्थानीय ब्यापारी मर्कामा पर्ने भन्दै ब्यापारिहरु द्वारा शिवराज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको चन्द्रौटा व्यवासायी रहिश शाहले जानकारी दिनुभयो । आर्थिक मन्दी भएको समयमा स्थानिय व्यपारीहरुलाई मार्क पर्ने तवरले मेला महोत्सव लगाउनु हाम्रो पक्षमा नभएको शाहले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा रसिद मिया, बल्लु गुप्ता, उमा विक, राधा सुवेदी, दिपा राना, जारिना खातुन लगायतले नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । शिवराजका ५० भन्दा बढी व्यपारीहरु ज्ञापन पत्रमा हस्तक्षर गरी नगरपालिकालाई बुझाएको चन्द्रौटाका व्यपारी राकेश रायामाझीले बताउनुभयो ।

अहिलेको सिजनमा कपडाको करोबार हुने भएकोले मेलाले गर्दा हाम्रो व्यवासायी धराप हुने रायमाझीले जानकारी दिनुभयो । मेला आयोजकले स्थानिय व्यपारीहरु सगंँ समन्वय नगरी मेला लगाउदा आफुहरु मार्कमा परेको व्यपारी दिपक घिमिरेले बताउनुभयो । मेलाले गर्दा व्यपारी धारायासी भएको भन्दै ज्ञापन पत्र बुझाइएको व्यपारीहरुले बताएका छन ।

ज्ञापन पत्र बुझदै शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले मेला लगाउने व्यपार संघ कपिलवस्तुसंग व्यपारीको हितमा मात्र मेला लगाउन आग्रह गर्ने बताउनुभयो । व्यपारीहरुको असन्तुष्टिलाई मध्येनगर गरी मात्र मेला महोत्सव लगाउनु पर्ने नगरप्रमुख थापाले बताउनुभयो ।
मेला लगाउने निकाय स्थानिय व्यपारीको हितमा हुनु पर्ने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
ज्ञापन पत्र

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu