Connect with us
Kapilvast Forest

देशभर चिसाे बढ्दै, तराईमा कुहिराे , पहाडमा बदली

२०७९, ३ पुष आईतवारमा प्रकाशित

काठमाडौ – देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही तराई क्षेत्रमा बिहान हुस्सु – कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu